सुर्यविनायक-धुलिखेल सडक : कतै चिल्लो, कतै अझै धुलो-हिलो (तस्बिरहरू)

सुर्यविनायक-धुलिखेल सडक : कतै चिल्लो, कतै अझै धुलो-हिलो (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –अरनिको राजमार्गअन्तर्गत पर्ने सूर्यविनायक-धुलिखेल ६ लेन सडक विस्तार आयोजनाको काम पछिल्लो चार वर्षदेखि जारी छ । सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई खण्डमा विभाजन गरेर २०७९ पुसदेखि निर्माण कार्य अघि बढेको थियो ।

साँगा-धुलिखेल ८.४ किमी सडक ४ अर्ब ५ करोड ६४ लाख र सूर्यविनायक-साँगा ७.५ किमी करिब ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सूर्यविनायक-साँगा सडकखण्डको काम करिब ५५ प्रतिशत र साँगा–धुलिखेल सडकखण्डको करिब ७७ प्रतिशत काम सम्पन्न भएको छ । यो आयोजनाको काम यस वर्ष चैत मसान्तसम्म सक्नुपर्ने सम्झौता छ ।

आयोजनाको बनेपा बजार क्षेत्रमा मापदण्ड विवादले निर्माण कार्य प्रभावित भएकोमा गत कार्तिकमा समस्या समाधान भएपछि अहिले काम जारी छ । निर्माण कार्य चलिरहेकाले कतिपय ठाउँमा चालक र यात्रुले धुलो र सवारी जामको समस्या भोग्नुपरेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी