बलिउड अभिनेता सुशान्त राजपूतले गरे आत्महत्या


एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । ३४ वर्षीय उनले मुम्बईस्थित आफ्नो घरमा आइतवार आत्महत्या गरेका हुन् ।

सन् २०१३ मा फिल्म काइ पो चे बाट फिल्म उद्योगमा प्रवेश गरेका राजपूतका एमएस धोनीः दी अन्टोल्ड स्टोरी, केदारनाथ र छिछोरे लगायतका फिल्महरू हिट भएका थिए । त्यसअघि उनी टीभी उद्योगका सफल कलाकार थिए ।

यसअघि जुन ८ तारिखमा दिशा सालियनले पनि आत्हत्या गरेकी थिइन् । २८ वर्षीया उनले मुम्बईस्थित आफ्नै अपार्टमेन्टको १४ औं तला माथिबाट हाम फालेर आत्महत्या गरेकी थिइन् ।

मुम्बईमा उनी आफ्नो मंगेतरसँग बस्दै आएकी थिइन् । त्यसअघि उनी बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी पूर्व म्यानेजरको रुपमा काम गर्थिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement