सुशान्त आत्महत्या प्रकरणः सलमान र करण जौहरविरुद्ध हालिएको मुद्धा अदालतद्धारा खारेज


काठमाडौं – बिहारको एक अदालतले बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याका जिम्मेवार ठहर गर्दै सलमान खान, एकता कपूर, सञ्जय लीला भंसाली र करण जौहरविरुद्ध दायर गरिएको मुद्दा खारेज गरिदिएको छ ।

बुधबार अदालतको न्यायिक सीमाले उक्त मुद्दा अदालतको क्षेत्राधिकारभित्र नपर्ने भन्दै उक्त मुद्दा खारेज गरिदिएको हो ।  मुजफ्फपुरका मुख्य न्यायिक म्याजिस्ट्रेट (सीजेएम) मुकेश कुमारले स्थानीय वकिल मुकेश कुमार ओझाको उक्त निवेदन अदालतको क्षेत्राधिकारभित्र नपर्ने भन्दै खारेज गरिदिएका थिए ।

सुशान्त सिंह राजपूतले आत्महत्या गरेको तीन दिनपछि स्थानीय मुकेश कुमार ओझाले अभिनेत्री कंगना रनौत साक्षी बनाएर बलिउडका केही सेलिब्रेटीविरुद्ध मुद्दा दायर गरेका थिए ।

सुशान्तको आत्महत्यापछि कंगनाले छुट्टाछुट्टै भिडियोमार्फत बलिउडमा व्याप्त नेपोटिज्म र फेभरेटिज्म नै उनको आत्महत्याको कारण भएको उल्लेख गर्दै आएकी छिन् ।सुशान्तले गत जुन १४ मा आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement