सुशान्त आत्महत्या प्रकरणः अभिनेत्री रिया चक्रवर्ती पक्राउ


एजेन्सी – बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छन् । उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले मंगलबार पक्राउ गरेको हो ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा अभिनेत्री चक्रवर्तीलाई पक्राउ गरिएको छ । उनीमाथि सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ । उनको स्वास्थ्य परीक्षण गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement