अभिनेता सुशान्तको अन्तिम पोस्टमार्टम रिपोर्ट सार्वजनिक


काठमाडौं – अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । पाँच जना डाक्टरले विश्लेषण गरेको उक्त रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको देखिएको छ ।

रिपोर्टमा सुशान्तको मृत्युको कारण ‘अस्पेसिया ड्यु टु ह्याङगिङ’ अर्थात् पासो लगाएका कारण श्वास फेर्न नसकेर मृत्यु भएको पुष्टि भएको हो ।

अब सुशान्तको विसेरा रिपोर्ट आउन बाँकी छ । कुनै व्यक्तिको मृत्युपश्चात् उसको शरीरको महत्त्वपूर्ण अंग लिएर गरिने जाँचलाई विसेरा परीक्षण भनिन्छ ।

सुशान्तको मृत्युपछि केहीले उनलाई घाँटी थिचेर मारिएको आरोप लगाएका थिए । तर अन्तिम पोस्टमार्टम रिपोर्टसम्म आउँदा त्यस्तो देखिएन ।

सुशान्तको शरीरमा कुनै पनि स्ट्रगलिंग मार्क्स पनि मिलेको छैन । सुशान्त आत्महत्या प्रकरणमा उनसँग जोडिएका २३ जनासँग प्रहरीले सोधपुछ गरिसकेको छ । अझै अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement