आमालाई बिचल्ली पार्ने नेपाल राष्ट्र बैंककी निर्देशक पक्राउ


काठमाण्डु – प्रहरीले नेपाल राष्ट्र बैंककी निर्देशकलाई पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर काठमाण्डुको टोलीले नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई पक्राउ गरेको हो ।

रेग्मीले आफ्नी ८४ वर्षीया आमाको रेखदेख नगरेको भन्दै उजुरी परेकाले पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

३ करोड सम्पति लिएर हेरचाह नगरेको भन्दै उनकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । पक्राउ परेकी रेग्मीविरुद्ध अनुसन्धान गर्न प्रहरीले अदालतबाट दुई दिनको अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement