राजकीय सम्मानका साथ सुष्मा स्वराजको अन्त्येष्टि


एजेन्सी – भारतका पूर्वविवदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

लोधी रोडस्थित विद्युतीय शव दाहगृहमा अन्त्येष्टि गरिएको हो । उनको अन्त्येष्टिका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय जनता पार्टीका नेताहरु उपस्थित थिए ।

उनकी छोरी बाँसुरीले अन्तिम संस्कारको धार्मिक संस्कार पूरा गरिन् । यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि भाजपा कार्यालयमा राखिएको थियो ।

भारतकी पहिलो पूर्णकालीन महिला विदेशमन्त्रीसमेत रहेकी स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राति निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement