राष्ट्रियसभा उठ्यो सुस्ताको विषय, भारतीय पक्षको हस्तक्षेपप्रति सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा उठ्यो सुस्ताको विषय, भारतीय पक्षको हस्तक्षेपप्रति सरकारको ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद र भारतीय पक्षको हस्तक्षेपप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा शून्य समयमा सांसद चौधरीले सुस्ता गाउँपालिका–५ को थारु टोलमा नेपाली भूमिमा निर्माणाधीन १३२ मिटर लामो अस्थायी बाँधलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काउन थालेपछि स्थानीय नागरिक र एसएसबीबिच विवाद उत्पन्न भएको बताइन् ।

उनले भनि, ‘सुस्ता नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको अत्यन्तै संवेदनशील विषय हो । यस्तो अवस्थामा भावनात्मक प्रतिक्रियाभन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढङ्गले कूटनीतिक पहल गरी समाधान खोज्न म सरकारसँग माग गर्दछु।’

सांसद चौधरीले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूको सुरक्षा र उनीहरूको दैनिक जनजीवनलाई सहज बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने बताइन् ।

उनले सुस्ता लगायतका सीमासम्बन्धी विवादहरूलाई छिमेकी राष्ट्रसँग उच्चस्तरीय कूटनीतिक संवादमार्फत नेपालको सार्वभौमिकता र राष्ट्रिय हित प्रतिकूल नहुने गरी दीर्घकालीन समाधान निकाल्न अनुरोध गरिन् ।