‘सुस्ता समस्या कूटनीतिक माध्यमबाट समाधान गरौँ’

‘सुस्ता समस्या कूटनीतिक माध्यमबाट समाधान गरौँ’

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डु- राष्ट्रियसभाका सदस्यहरुले आजको बैठकको आकस्मिक समयमा सुस्ता समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद पदम परियारले नेपाल-भारत सीमासम्बन्धी सबै समस्याको समाधान कूटनीतिक माध्यमबाट खोज्न आग्रह गरे ।

सांसद रोशनी मेचेले सुस्ता क्षेत्रका स्थानीयले भोग्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक माध्यमबाट समस्याको दीर्घकालीन निकास खोज्नुपर्नेमा जोड दिए ।

बैठकमा सांसदहरु जयन्तीदेवी राईलगायतले इलाम, पाँचथर, झापामा उत्पादित चिया भारत निर्यातमा समस्या उत्पन्न भएपछि उद्योगहरू बन्द हुने अवस्था सिर्जना भएकाले त्यसतर्फ ध्यान दिन सदन र सरकारलाई अनुरोध गरे ।

उनीहरुले भारतसँगको व्यापार सम्बन्धका विषयमा गम्भीर बहस हुनुपर्ने र किसानले उत्पादन गरेको चियाको बजार सुनिश्चित गर्न सरकारले वैकल्पिक व्यवस्था खोज्नुपर्ने बताए ।