योजना आयोगले तोकेको सीमाभन्दा ३ खर्ब बढीको बजेट ल्याउँदैछन् अर्थमन्त्री वाग्ले

योजना आयोगले तोकेको सीमाभन्दा ३ खर्ब बढीको बजेट ल्याउँदैछन् अर्थमन्त्री वाग्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दैछन् ।

अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले बजेट भाषण गर्नेछन् ।

श्रोतका अनुसार रास्वपाको करिब दुई तिहाइको सरकारले मध्यम वर्गलाई केन्द्रित गरेर बजेट ल्याउनेछ ।
बजेटको आकार बढाइने भएको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा १८ खर्ब ९० अर्ब तोेकेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि १९ खर्बको बजेट ल्याएका थियो ।

आयोगले यसपटक गत वर्षको भन्दा सीमा घटाएको हो ।

तर, आयोगले तोकेको भन्दा करिब ३ खर्ब बढाएर २२ खर्बभन्दा बढीको बजेट ल्याउने तयारी भएको अर्थ मन्त्रालय श्रोतले जनाएको छ ।

कर्मचारीको श्रेणीगत तलब वृद्धि र केही ठूला पूर्वाधारमा लगानी गर्ने सरकारको नीतिका कारण बजेटको आकार अस्वभाविक बढाउन लागिएको हो ।

चालु आर्थिक वर्षको मध्यकालीन खर्च संरचना गर्दा २१ खर्ब २८ अर्बको बजेट ल्याउन सक्ने गरी बाटो खोलिएको छ ।

यो वर्ष अर्थमन्त्रीको आकारमा वृद्धि भएका कारण पनि बजेट बढाउन सक्ने वातावरण तयार भएको छ ।

चालु आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ उत्पादन (जिडीपी) बढेर ६६ खर्ब पुगेको छ । सरकारले जिडिपीको ५ प्रतिशतभन्दा बढी अर्थात ३ खर्ब ५० अर्बमाथि आन्तरिक ऋण लिँदा अर्थतन्त्रले धान्न सक्छ ।

अर्थमन्त्रीले साधारण खर्च घटाउने, पुँजीगत खर्च वृद्धि गर्ने तथा करको दरमा व्यापक हेरफेर गर्ने गरी बजेट वक्तत्व तयार पारेको अर्थ मन्त्रालय श्रोत बताउँछ ।