अर्थमन्त्रीको दाबीः ५० लाखभन्दा कमका विद्युतीय गाडीको मूल्य घट्छ

अर्थमन्त्रीको दाबीः ५० लाखभन्दा कमका विद्युतीय गाडीको मूल्य घट्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५० लाखभन्दा कमका विद्युतीय गाडीमा मूल्य घट्ने दाबी गरेका छन् ।


सोमबार राजधानीमा आयोजित पोष्ट बजेट छलफलमा बोल्दै वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा आफूद्वारा प्रस्ताव नीतिले विद्युतीय सवारी साधनको मूल्य बढ्ने नभई घट्ने दाबी गरे ।

कुरै नबुझी विद्युतीय गाडी महंगो हुने हल्ला चलाइएको भन्दै उनले हल्लाको पछि नलाग्न आग्रह गरे ।

‘हामीले ल्याएको नीतिले ५० लाखभन्दा मुनिका विद्युतीय गाडीको मूल्य घट्छ’, वाग्लेले भने ।