लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे पाँच सदस्यीय समिति

लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे पाँच सदस्यीय समिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अवार्ता समिति गठन गरेका छन् ।

बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत उनले पाँच सदस्यीय समिति गठन गरेका हुन् । समिति संयोजकको जिम्मेवारी मन्त्रालयका सह–सचिव महेश आचार्यलाई दिइएको छ ।

समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य छन्। समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन् ।

आचार्यले मन्त्रीको निर्देशनअनुसार बिहीबारबाटै आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता थालिने बताए । आजै समितिको बैठक बसेर लघुबित्त पीडितसँग वार्ताको औपचारिक संवाद थाल्ने बताए ।