भदौ २३ र २४ गतेको घटना ‘फोर्स मेजर’ : अर्थमन्त्री वाग्ले

भदौ २३ र २४ गतेको घटना ‘फोर्स मेजर’ : अर्थमन्त्री वाग्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री स्वर्णिम वाग्लेले गत वर्ष भदौ २३ र २४ गतेको घटनालाई काबुबाहिरको परिस्थिति भनेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा मन्त्री वाग्लेले उक्त घटना दुर्घटनाकै आयामभित्र पर्ने बताए ।

‘मलाई लाग्छ, यो हाम्रो कानुनी भाषामा ‘फोर्स मेजर’ भन्छौँ, काबुबाहिरको परिस्थिति । फोर्स मेजरकै रूपमा व्याख्या गर्दा यसलाई दुर्घटनाकै आयामभित्र पर्छ जस्तो मलाई लाग्छ,’ उनले भने ।

उक्त घटना किन भयो भन्नेमा फरक मत रहे पनि क्षतिबारे सबैलाई जानकारी नै भएको उनले बताए । ‘२३ र २४ किन भयो भन्नेमा धेरै विमति होलान् । आखैँअगाडि भएका दुर्घटना, घटना, क्षतिहरूबारे सबै जानकार छन्,’ उनले भने ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेलामा स्रेस्ता जलेका कारण एक खर्ब ४७ अर्ब रुपैयाँको लेखापरीक्षण नभएको भन्ने उल्लेख रहेको उनले बताए ।