काठमाण्डु– सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक–२०८३ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
बिहीबार प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
सभामुख डोलप्रसाद अर्यालले बहुमतले उक्त प्रस्तावज पारित भएको घोषणा गरे ।
बैठकमा त्यसअघि संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधन राखेका थिए । संशोधनमाथिको छलफलमा उठेका प्रश्नको वाग्लेले जवाफ दिएका थिए ।
वाग्लेले छिटोभन्दा छिटो मुलुकलाई ‘ग्रे लिष्ट’ बाट बाहिर ल्याउन सकरकारले ऐन संशोधन गरेको बताए ।




प्रतिक्रिया