स्वास्थ्य मन्त्रालयले भन्यो– ६० लाख डोज खोप खरिद प्रक्रिया मन्त्रिपरिषदमा रोकिएको छैन


काठमाण्डु – सरकारले किशोर–किशोरीलाई लक्ष्य गरेर फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व बैंकको सहयोगमा फाइजरको ६० लाख मात्रा खोप खरिद गर्न तयारी गरेको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै खोप खरिदसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारीमा रहेको जानकारी दिएका छन् ।

उनले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै आएको र कोरोनाविरुद्धको खोप अभियान पनि सञ्चालन गर्दै आएको बताउँदै खोप खरिद पक्रिया मन्त्रिपरिषदमा नरोकिएको स्पष्ट पारेका छन् ।

साथै उनले खोप खरिद प्रक्रिया रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको पनि प्रस्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement