मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता खड्का, को हुन् दुलहा ?


काठमाण्डु – अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् ।

केही समयदेखि प्रेममा रहेकी श्वेताले मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी हुन् । सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन् ।

चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी श्वेताको यो दोश्रो विवाह हो । यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो । स्वेताको यो विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement