४८ वर्षदेखि समूह चरणको खेलमा अपराजित ब्राजिलबिरुद्ध स्वीटजरल्याण्ड


एजेन्सि – ब्राजिल र स्वीटजरल्याण्ड यसअघि विश्वकपमा मात्र एक पटक भिडेका थिए । सन् १९५० मा भएको खेल २–२ को बराबरीमा सकिएको थियो ।

ब्राजिलले हालसम्म सर्वाधिक पाँचपटक विश्वकपको उपाधि जितेको छ । त्यस्तै, पछिल्लो १२ वर्ष समूह चरणको खेलहरुमा ऊ अपराजित रहेको छ । ब्राजिलले पछिल्ला शुरुवाती १८ मध्ये १८ खेल जितेको छ । अन्तिम पटक सन् १९३४ मा ब्राजिल विश्वकपको पहिलो खेलमा स्पेनसँग ३–१ गोलअन्तरले पराजित भएको थियो ।

नयाँ प्रशिक्षक टिटेको नेतृत्वमा ब्राजिलले पछिल्ला २१ खेलमध्ये एकमा मात्र हारको सामना गरेको छ । ब्राजिलले स्विट्जरल्यान्ड विरुद्धको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरेको ब्राजिलियन टिम विश्लेषकले बताएका छन्।

पहिलो खेलमा ब्राजिलले धैर्यपूर्ण खेल्नु पर्ने देखिन्छ। नेइमार, ग्राबियल जेसस, फिलिप काउटिन्हो जस्ता अनुभवी तथा प्रतिभावान खेलाडी टिममा हुँदा जितका लागि चाहिने शक्ति ब्राजिलमा छ।  ब्राजिलबिरुद्ध स्वीटजरल्याण्ड (समूह ई) – रोस्तोव एरिना – राती ११ः४५ बजे हुनेछ ।
स्विट्जरल्यान्डले पछिल्ला २ वार्मअप म्याचमा राम्रो खेल पस्केको थियो। स्पेनसँग १–१ गोलको बराबरी खेलेको स्विटजरल्यान्डले जापानलाई २–० गोलले पराजित गरेको थियो। विश्वकपमा स्वीटजरल्याण्डले ३३ खेलमा ११ मात्र जीत हासिल गरेको छ भने ६ खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement