बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण र दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्।

थाइल्यान्डको राजधानी बैंककमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन पुगेका अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्दाबीच बिहीबार भएको भेटवार्तामा नेपालको पुनर्निर्माण तथा विकासका प्राथमिकताबारे छलफल भएको हो।

भेटमा अर्थमन्त्री वाग्लेले विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको पुनरुत्थान र भविष्यमा जलवायुजन्य विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सक्ने पूर्वाधार निर्माणमा स्रोत परिचालन गर्न एडीबीसँग आग्रह गरेका थिए।

उनले विपद्पछिको पुनर्निर्माणलाई जलवायु परिवर्तनका जोखिम सामना गर्न सक्ने र दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्‍याउने गरी अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग पुर्‍याउन आपत्कालीन अनुदान शीघ्र स्वीकृत गरेको तथा नेपालप्रति ऐक्यबद्धता जनाएकोमा अर्थमन्त्री वाग्लेले एडीबीप्रति आभार व्यक्त गरे।

भेटमा एडीबी अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताए।

छलफलमा अर्थमन्त्री वाग्लेसँगै भ्रमण दलमा सहभागी अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि उपस्थित थिए।

Skip This