रास्वपा बेकुफ छैन, सरकारसँग उधारो सम्झौता गर्दैन : स्वर्णिम वाग्ले

रास्वपा बेकुफ छैन, सरकारसँग उधारो सम्झौता गर्दैन : स्वर्णिम वाग्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणमा रास्वपाले सरकारसँग उधारो सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वाग्लेले आफ्नो पार्टीले सरकारसँग उधारो सम्झौता नगर्ने स्पष्ट पारेका हुन् ।

उनले आफ्नो पार्टी राजनीतिमा नयाँ भएको तर बेकुफ नभएको उल्लेख गरे ।

उनले भने, ‘सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा छानबिन गर्ने समयसीमा पनि छैन। कार्यादेश के होरु कहिले सम्पन्न गर्ने होरु यस्तो उदारो सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टी सहमतिमा आउँदैन। हाम्रो पार्टी राजनीतिमा नयाँ छ तर बेकुफ छैन। त्यही भएर यस्तो उधारो र कमिटमेन्ट नभएको सम्झौतामा हामी सहभागि हुनसक्ने कुनै गुञ्जायस थिएन।’

उनले सरकारको नियत ठिक नभएकै कारण रास्वपाको पाँच बुँदे प्रश्तावमाथि छलफल नगरेको समेत आरोप लगाए। उनले भिजिट भिसा प्रकरणको समस्या समाधान गर्नको लागि संसदीय छानबिन आयोेग वा न्यायिक आयोग गठन हुनुपर्ने आफूहरुको अडान कायमै रहेको उल्लेख गर्दै संघर्ष नछाड्ने जिकिर गरे।