स्याङ्जा प्रहरी प्रमुखमा एसपी बिमलराज कंडेल


काठमाडौं – प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) बिमलराज कंडेललाई खटाएको छ ।

प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीको नियुक्ति भएलगत्तै स्याङ्जाका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसिको प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा काज सरुवा भएपछि प्रहरी कार्यालय स्याङ्जा नेतृत्वबिहिन थियो ।

मंगलबार अपरान्ह प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) कंडेललाई स्याङ्जाको प्रहरी प्रमुखको जिम्मेवारी दिएको स्रोतले बतायो ।

यस अगाडी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेका उनी व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement