राष्ट्रपति भागेपछि सिरिया स्वतन्त्र भएको विद्रोही समूहको घोषणा

राष्ट्रपति भागेपछि सिरिया स्वतन्त्र भएको विद्रोही समूहको घोषणा


काठमाडौं-सिरियाको विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले देश स्वतन्त्र भएको घोषणा गरेको छ । लडाकुहरू राजधानी दमास्कसमा प्रवेश गरेसँगै राष्ट्रपति बसर अल–असद राजधानी छाडेर भागेपछि एचटीएसले देश स्वतन्त्र भएको घोषणा गरेको हो ।

एचटीएसले आधा शताब्दी लामो असद शासनको अन्त्य भएको उल्लेख गर्दै अब विस्थापित वा कैदमा परेका मानिसहरू घर फर्कने बताएको छ । सिरियामा अँध्यारो युगको अन्त्य भई नयाँ युगको शुरुवात भएको एचटीएसको दाबी छ । समाचारसंस्था रोयटर्सले पनि राष्ट्रपति असदले राजधानी छाडेको उल्लेख गरेको छ । तर उनी कहाँ छन् अहिलेसम्म खुलेको छैन ।

सिरियाको राजधानी दमास्कसमा गोली चलेको आवाज सुनिएको छ । इस्लामिक विद्रोही समूहले आक्रमण शुरु गरेको दुई हप्ता पनि नपुग्दै अलेप्पो, हामा, होम्सलगायतका ठूला सहर कब्जा गर्दै राजधानीमा प्रवेश गरेको हो । सिरियालाई लामो समयदेखि रुस, लेवनानलगायत देशले सहयोग गर्दै आएका थिए ।