नेपाल टी-२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ: सिआईबी


काठमाण्डु- हालै सम्पन्न नेपाल टी२० क्रिकेट लिगमा स्पट फिक्सिङसँग सम्बन्धित समाचारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई उदृद्ध गर्दे विभिन्न सञ्चारमाध्यमले समाचार लेखेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सिआइबीसँग कुराकानी नै नगरी समाचार लेखेकोमा ती सञ्चारमाध्यमको कामप्रति ध्यानाकर्षण भएको उल्लेख छ । सिआइबीले बिहीबार विज्ञप्ति जारी गर्दै शंकास्पद गतिविधिमा सम्लग्नमाथि छानबिन गर्न ब्यूरोले समिति गठन गरेको र छानबिन जारी नै रहेको जनाएको छ ।

समितिले अनुसन्धान र छानबीन प्रतिवेदन पेश गरी निष्कर्षमा पुगी नसकेको अवस्थामा ब्यूरोको श्रोत उल्लेख गरी समाचार नलेख्न आग्रह गरेको छ । केही पूर्व खेलाडी, तथा अन्य व्यक्तिका नाम उल्लेख गरी समाचार प्रकाशित गरेको पाइएकोले यस किसिमका तथ्यहीन र दिग्भ्रमित हुने किसिमका समाचारले ब्यूरोप्रतिको आम नागरिकको विश्वास टुट्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement