त्रिदेशीय टि-२० सिरिजः आज हङकङसँग खेल्दै नेपाल


काठमाण्डु – त्रिदेशीय टी-२० सिरिजमा आज नेपाल र हङकङबीचको खेल हुँदै छ। मुलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजेदेखि खेल सुरू हुनेछ।

पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेलका लागि हङकङसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

आईसीसी विश्वकप टी २० एसिया छनोटको तयारीका लागि नेपालले यो खेल खेलिरहेको हो । टी २० आई सिरिजका पछिल्ला ५ खेलमा मध्ये ४ खेलमा जित हासिल गरेको नेपालले अहिलसम्म एक खेलमा मात्रै पराजय भोग्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement