टी-२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात


काठमाण्डु – आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले सानदार विजयी सुरुवात गरेको छ । साेमबार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो ।

सिंगापुरले दिएको १४६ रनको मध्यम लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतक पारी खेले । उनले ४८ बलमा ८ चौका र २ छक्काको मद्धतमा सर्वाधिक ७४ रनको योगदान गरे । उनलाई सुरुवातमा राम्रो साथ दिएका अर्का ओपनर आसिफ शेख २ चौका र १ छक्का प्रहार गरेर २७ रन जोड्दै आउट भए ।

साथै, कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा भने कुशल मल्लले ६ रन जाेडे।  यसअघि टस जितेर ब्याटिङ थालेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । आ

प्रतिक्रिया दिनुहोस
Advertisement