टी–२० विश्वकप छनोट : ३ ओभरमा नेपालले म्यानमारलाई आठ विकेटले हरायो


काठमाडौँؘؘ – आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले म्यानमारलाई ८ विकेटले हराएको छ। म्यानमारले दिएको ३० रनको झिनो लक्ष्य नेपालले २ विकेटको क्षतिमा ३ ओभरमा भेट्टायो।

क्वालालम्पुरस्थित किनरारा ओभलमा म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालका करण केसीले नटआउट १४ रन र विनोद भण्डारीले नटआउट १ रन जोडे। करणले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे। विनोदले ३ बल मात्र खेले। यसअघि टस जितेर पहिले ब्याटिङ थालेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाएर २९ रन बनाएको थियो ।

नेपाली स्पीनरहरुका अगाडि म्यानमारका ब्याट्सम्यान चल्न सकेनन् । सुरुवाति ५ ओभरमा फास्ट बलरले ५ ओभर बलिङ गर्दा २ विकेट गुमाएर २३ रन बनाएको थियो । तर, सन्दिप लामिछाने र ललितनारायण राजवंशी आएपछि थप ५ ओभरमा ८ रन जोड्दा बाँकी ८ विकेट गुमायो । ननौं ओभरमा सन्दिपले तीन विकेट लिए भने दशौं ओभरमा पनि ३ विकेट नै गुम्यो ।

सन्दिपले ३ ओभरमा ३ रन दिएर ४ विकेट लिए भने राजवंशीले ३ ओभरमा २ मेडन राख्दै ३ रन खर्चिँदै ३ विकेट नै लिए । करण केसी र ललित भण्डारीले समान १-१ विकेट हात पारे । म्यानमारका हेट लिन होङले सर्वा्धिक १६ रन बनाउँदा ६ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement