खेलकुद

टि-२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक

काठमाडौँ – सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी-२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका बुधबार सार्वजनिक भएको छ । आइसिसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको हो ।

dish home

एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ । नेपालले कतारसँग आगामी साउन ७ गते खेल्नेछ । त्यस्तै दोस्रो खेलमा मलेशियासँग साउन ९, कुबेतसँग साउन ११ र सिङ्गापुरसँग साउन १२ गते खेल्नेछ ।

एशिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट आगामी असोज १४ देखि कात्तिक १७ गतेसम्म युएइमा आयोजना हुनेछ ।

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top