युएईविरुद्ध नेपाल टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दै


काठमाडौं –  नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार संयुक्त अरब इमिरेट्स (युएई) सँग पहिलो टी-२० अन्तराष्ट्रिय खेल खेल्दैछ । एकदिवसीय र टी– ट्वान्टी सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले पहिलो टी–ट्वान्टी खेल्न लागेको हो ।

नेपाल र युएईबीचको खेल दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । एकदिवसीय र टी-२० सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले पहिलो टी ट्वान्टी खेल्न लागेको हो ।

नेपाल टी-२० सिरिज समेत जित्ने लक्षमा रहेको छ । घरेलु टोलीविरुद्धको एकदिवसीय सिरिज जितेको नेपाल अर्को जितको खोजीमा रहेको छ । नेपालले सोमबार युएईलाई ४ विकेटले हराएर ३ खेलको एकदिवसीय क्रिकेट सिरिज २१ ले जित्दै पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement