त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै


काठमाण्डु – नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ ।

काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो खेल युएईसित खेल्ने भएको छ । टी-२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दुई खेलमा तथा युएई तीन खेलमा विजयी भएको छ । नेपाल र युएईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा,सोमपाल कामी,करण केसी,प्रतिश जिसी,ललितनारायण राजवंशी,अभिनाश बोहरा,विवेक यादव,सागर ढकाल,विनोद भण्डारी, लोकेश बम,सूर्य तामाङ र श्याम (मौसम) ढकाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement