सन्दीपलाई समेट्दै टी-२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा


काठमाण्डु – आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो।

अन्तिम १५ मा लेग स्पिनर सन्दीप लामिछानेलाई समेटिएकाे छ भने स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र युवा ब्याटर लोकेश बम बाहिरिएका छन् । यसअघि परिवारलाइ समय दिने भन्दै लामिछानेले त्रिकोणात्मक टी-२० आई सिरिज खेलेका थिएनन्।

आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । ८ देश सहभागी हुने खेलमा २ समूह बनाइएको छ। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा मलेसिया, ओमन र सिंगापुर छ। समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।

समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।

नेपाली टोली:

प्रतिक्रिया दिनुहोस
Advertisement