सरकारविरुद्ध बोल्दै हिड्ने पुर्वमुख्यसचिव सुवेदीको तक्मा खोसियो 


काठमाडौं – पूर्व मुख्यसचिव सोमलाल सुवेदीको तक्मा खोसिएको छ । यसअघि सरकारले उनलाई प्रसिद्ध प्रवल जनसेवा श्री नामक पदक प्रदान गर्ने निर्णय गरेको थियो । आज उक्त पदक राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च पदस्थ सरकारी अधिकारीलाई प्रदान गर्दैछन् ।

मुख्यसचिव पदमै वहाल रहेको बेला सुवेदीले सरकारलाई जानकारी नदिई एडीबीमा सहसचिव तहको जागिरको लागी दरखास्त दिएका थिए । पछि उनलाई सरकारले एसियाली विकास बैंक (एडीबी) को बैकल्पिक निर्देशकमा पठाउने निर्णय गरेको थियो ।

सुवेदीको एडिबीमा जाने निर्णयको त्यतिवेला पनि सर्वत्र विरोध भएको थियो । उनलाई प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले एडिबीको बैकल्पिक निर्देशकबाट असारमा फिर्ता बोलाउने निर्णय समेत गरेको थियो ।

सरकारले एडिबीबाट फिर्ता बोलाउने निर्णय गरेपछि उनि सरकारको विरुद्धमा लागेको स्रोतको दाबी छ । सुवेदीले आफूलाई लगाइएको आरोप र फिर्ता गर्ने सरकारको निर्णयको कारण माग गर्दै राष्ट्रिय सूचना आयोगमा निवेदन दिएपछि उनिसंग प्रधानमन्त्री ओली रुष्ट छन् ।

प्रधानमन्त्रीकै निर्देशनमा गणतन्त्र दिवसका अवसरमा सुवेदीलाई प्रदान गरिने भनिएको प्रसिद्ध प्रवल जनसेवा श्री नामक पदक नदिने निर्णय भएको हो । सुवेदी सरकारविरुद्ध अदालत जाने तयारीमा समेत रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement