काठमाण्डु– चीनको तिब्बतस्थित ल्हेन्दी नदीको माथिल्लो भागमा हिम पहिरोपछि बनेको ठूलो ताल फुटेको जानकारी चीनले नेपाली पक्षलाई दिएको छ ।
तिब्बतको छोचेन खोला र नेपालको पुरेपु त्साङ्पो नदीको संगम आसपास बनेको ताल फुटेको जानकारी चिनियाँ पक्षले दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।
ताल फुटेको सूचना प्राप्त भएको र नदी तटीय क्षेत्रमा सम्भावित बाढीको जोखिम रहेको उनले बताए ।
परियारले चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएपछि नदी किनारका नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको उल्लेख गरे ।
‘तिब्बततर्फबाट बगेर आउने छोचेन खोला र पुरेपु त्साङ्पो नदी भोटेकोशी हुँदै त्रिशूलीमा मिसिन्छ ।
यसअघि चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले बिहीबार हिम पहिरोका कारण बनेको तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको लेखेको थियो ।




प्रतिक्रिया