तालिबानले भन्यो : महिलाहरूलाई चाँडै विद्यालय जाने अनुमति दिन्छौँ


काठमाण्डु – अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारले महिलालाई जति सक्दो छिट्टै विद्यालय फर्कन अनुमति दिने बताएको छ । तालिबानका प्रवक्ता जबिल्लाह मुजाहिदले आफूहरूले चाँडै महिलालाई विद्यालय जाने अनुमति दिने बताएका हुन् ।

‘हामी यसलाई अन्तिम रुप दिइरहेका छौं । जतिसक्दो छिटो हामीले यसबारे निर्णय गर्नेछौ ।’ मुजाहिदले भने । तालिबान सरकारको पछिल्लो शासनमा महिलामाथि भेदभावपूर्ण व्यवहार गरिएको थियो । महिलाहरुले विद्यालय समेत जान पाएका छैनन् । तालिवानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिवन्ध लगाउने आशंकाकाबीच उनीहरुले विश्वविद्यालय जान दिने बताएका थिए ।

तर, एउटै कोठामा छात्रा र छात्रलाई सँगै राख्न भने नपाइने तालिवान सरकारका उच्च अधिकारीहरुले जनाए थिए । यद्यपि, तालिबानले यसपटक भने आफू फेरिएको बताउने गरेको छ । त्यसैगरी तालिवानले आचरण तथा दण्डमामिला मन्त्रालय ब्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले देशमा कठोर इस्लाम शरिया कानून लागू गर्न सो मन्त्रालय गठन गरेको थियो ।

अफगानिस्तानमा पुरुषबिना महिलालाई घरबाट बाहिर निस्कन रोक लगाउनेदेखि संंगीतमा प्रतिबन्ध लगाउने काम सोही मन्त्रालयले गर्छ ।‘हाम्रो मुख्य उद्देश्य मुस्लिमको सेवा गर्नु हो । तसर्थ, आँचरण तथा दण्डमामिला मन्त्रालय अनिवार्य छ,’ मन्त्रालयका प्रवक्ता मोहम्मद युसुफले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement