अन्तरास्ट्रिय

अफगानिस्तानमा अमेरिकी सेनाबिरुद्धको लडाईं जारी रहन्छ : तालिबान समूह

काबुल- तालिबान लडाकू समूहले अफगानिस्तानमा अमेरिकी सेनाबिरुद्धको लडाईं जारी राख्ने चेतावनी दिएको छ। संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता ‘मृततुल्य’ भएको बताएपछि तालिबानको सो भनाई आएको हो।

dish home

तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा तालिबानको कब्जा अन्त्य गर्ने दुई तरिकाहरु भएका जिहाद लडाईं र अर्को वार्ता भएको बताएका छन्। ‘यदि ट्रम्प वार्ता रोक्न चाहन्छन् भने हामी पहिलो तरिका अपनाउँछौं र उनीहरूले चाँडै नै पश्चाताप गर्नेछन्’ मुजाहिदले बताएका छन्।

तालिबानको उक्त विज्ञप्ति १८ वर्षभन्दा बढी समयदेखि जारी अफगान युद्धको अन्त्यका लागि हुने वार्ता अमेरिकी राष्ट्रपतिले रद्द गरेपछि आएको हो। ट्रम्पले शनिबार ट्वीटमार्फत क्याम्प डेभिडमा अफगानिस्तानका राष्ट्रपति र तालिवान नेताहरूसँग आइतबार हुने भनिएको गोप्य बैठकहरु रद्द भएको घोषणा गरेका थिए।

ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता ‘मृततुल्य’ भएको बताएका थिए। एएफपी

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top