मलाला आक्रमणका नाइके तालिवानी नेता मारिए


काबुल–अमेरिकी सेनाको आक्रमणमा परीपाकिस्तानी तालिवानी  वरिष्ठ नेता मुल्लाह फजुलुल्ला मारिएका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार बुधबार अफगानिस्तास्थित अफगानिस्तानको उत्तर–पूर्वी प्रान्त कुनारमा अमेरिकी सेनाको ड्रोन आक्रमणमा फजलुल्लाहको मृत्यु भएको हो ।

तर, तालिवान समूहले घटनाको पुष्टि गरेको छैन।

फजलुल्लाहले मानव अधिकारवादी मलाला युसुफजाईमाथि सन् २०१२ मा भएको आक्रमणको नेतृत्व गरेका थिए ।

मलालाले मानवअधिकार तथा महिला शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत सन् २०१४ को नोबेल पुरस्कार प्राप्त गरेकी थिइन्। अफगानिस्तास्थित अमेरिकी सेनाका प्रवक्ता लेफ्टीनेन्ट कर्नेल मार्टिन ओ डोनेलले मुल्लाह पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गरिएको हमलामा मारिएको बताए ।

पाकिस्तानसँगको अफगानी सीमा क्षेत्र कुनार प्रान्तको मारावेरा जिल्लामा गराएको हवाई आक्रमणमा पाकिस्तानमा अत्यअधिक खोजी सूचीमा रहेका तालेवान नेता फजुलुल्लाह मारिएको पुष्टि भएको अफगानी रक्षा मन्त्रालयका प्रवक्तालाई उद्वृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
सन् २०१४ मा पाकिस्तानको एक विद्यालयमा १ सय ३२ जना विद्यार्थीको ज्यान जाने गरी गराईएको आक्रमणपछि फजुलुल्लालाई पाकिस्तानले सर्वाधिक खोजी सूचीमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement