एजेन्सी- तालिबानका प्रवक्ता सुहैल शाहीनले आफ्ना लडाकुहरुलाई सर्वसाधारणको घरमा बिना अनुमति नपस्न निर्देशन दिएका छन् । तालिबान प्रवक्ता शाहीनले आफ्ना लडाकुहरुलाई सर्वसाधारको घरमा बिना अनुमति नपस्न र उनीहरुका कुनै पनि सामग्री नछुन निर्देशन दिएका हुन् ।
उनले भनेको छन्, ‘कसैलाई पनि अनुमति बिना कसैको घरमा प्रवेश गर्न अनुमति छैन । कसैको जीवन, सम्पत्ति र सम्मान लाई हानी हुने छैन तर मुजाहिदीन द्वारा सुरक्षित हुनु पर्छ ।’ काबुल प्रवेश गरेसँगै तालिबानले आफूलाई नागरिकप्रति उदार रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ ।
The Islamic Emirate has ordered its Mujahideen and once again instructs them that no one is allowed to enter anyone’s house without permission. Life, property and honor of none shall be harmed but must be protected by the Mujahedeen.
— Suhail Shaheen. محمد سهیل شاهین (@suhailshaheen1) August 16, 2021
प्रतिक्रिया