तालिवान लडाकूको कब्जामा रहेका ४० अफगान प्रहरी मुक्त


एजेन्सी – तालिवान लडाकू समूहले नियन्त्रणमा लिएको ४० जना अफगान प्रहरी अधिकारीलाई मुक्त गरिदिएको छ ।

अफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेको उक्त लडाकू समूहले ४० जना अफगान सुरक्षाकर्मीलाई सोमबार मुक्त गरिदिएको अफगानिस्तानको उत्तरी प्रान्त जवाजानका सैनिक प्रवक्ताले जानकारी दिए ।

यसअघि उत्तरी सो प्रान्त जवाजानमा तालिबानहरुले नियन्त्रणमा राखेका ती सुरक्षाकर्मीहरुलाई नियन्त्रणमुक्त गर्नेगरी तयारी गरिएको जानकारी दिइएको थियो ।

मुक्त गरिएकामा सबैजना प्रहरी रहेका उक्त प्रान्तका प्रान्तीय सैन्य प्रवक्ता अब्दुल हादी जमाले बताएका छन् ।

गएको दुई हप्तायता अफगानिस्तानका तालिबानहरुले आफ्नो नियन्त्रणमा रहेका सुरक्षाकर्मी नियन्त्रण मुक्त गरेको यो दोस्रो पटक हो । गत हप्तामात्र अघि पनि अफगानिस्तानका तालिबानले ४२ जना सुरक्षाकर्मी मुक्त गरिदिएका थिए ।

एएफपीका अनुसार आइतबार तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिहरुबीच भेटवार्ता भएको थियो । त्यस वार्ताका क्रममा भएको सहमतिबमोजिम ती सुरक्षाकर्मीलाई नियन्त्रण मुक्त गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement