तनहुँ-१ मा त्रिपक्षिय भिडन्त हुँदै, यी हुन् चुनावी मैदानमा उत्रिने उम्मेदवार


काठमाण्डु- तनहुँमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तीन राजनीतिक दलको उम्मेदवारको नाम टुंगो लगाएको छ । तनहुँ १ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन्।

जसअनुसार नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । उम्मेदवार भट्टराई शनिबार नै गृहजिल्ला पुगेर कार्यकर्ता भेटघाटमा लागिसकेका छन् ।

त्यस्तै नेकपा (एमाले) का तर्फबाट पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले उम्मेदवारी दिनेछन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने भएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका तर्फबाट पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने तय भएको जनाइएको छ । त्यस्तै अन्य साना राजनीतिक दल पनि उम्मेदवार छनोटको अन्तिम तयारीमा पुगेका छन् ।

सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । निर्वाचन कार्यतालिकाअनुसार तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।

तनहुँ क्षेत्र नं १ बाट निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement