तनहुँ १: १५ वडाको भोट गनिसक्दा वाग्ले दोब्बर मतले अगाडि, कसले कति पाए ?


काठमाण्डु- तनहुँ क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म १५ वडाको भोट गनिसकिएको छ । सुरुदेखि नै लिड गरिरहेका रास्वपाका डा. स्वर्णिम वाग्लेले त्यसलाई कायमै राखेका छन् ।

२१२६१ मत गणना हुँदा वाग्लेले ११२२१ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५८८५ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । खनालले ३४६८ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement