तनहुँ-१ अपडेट: २५ हजार मतगणना हुँदा स्वर्णिमले साढे १२ हजार मत कटाए


काठमाण्डु – तनहुँ क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म १७ वडाको भोट गनिसकिएको छ । सुरुदेखि नै लिड गरिरहेका रास्वपाका डा. स्वर्णिम वाग्लेले त्यसलाई कायमै राखेका छन् ।

२५ हजार ३६८ मत गणना हुँदा वाग्लेले १२ हजार ७०५ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले सात हजार ६४७ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले चार हजार २२० मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement