तनहुँ बस दुर्घटनाका घाइते भेट्न आज भारतीय मन्त्री आउँदै

तनहुँ बस दुर्घटनाका घाइते भेट्न आज भारतीय मन्त्री आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-तनहुँको आबुखैरनीमा हिजो भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एक जना केन्द्रीय मन्त्रीलाई नेपाल पठाउने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज काठमाडौं आउने भएकी छिन ।

उनका साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आउने छन् ।

बस दुर्घटनामा घाइते १६ भारतीय यात्रीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरेहेको छ । उनीहरूको दूतावासका चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । घाइते यात्रुहरूको उपचारको लागि अस्पताल प्रशासनले विशेष व्यवस्था पनि गरेको छ ।

दुर्घटनामा परेर सामान्य घाइते भएका ३ जनालाई काठमांडू स्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको छ । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।