तनहुँ-१ मा स्वर्णिम वाग्ले विजयी


काठमाण्डु –  प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको शानदार जीत भएको छ ।

उनी ३४९१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २०१२२ मत मात्र पाएका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर १४७९७ रहेको छ । नेकपा एमालेका सर्वेन्द्र खनालले ८४८८ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा भने नतिजा सार्वजनिक गरिसकेको छैन ।

मंसिर ४ गते भएको निर्वाचनमा विजयी तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो । त्यो समयमा कांग्रेसका पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए । अहिले रास्वपाका उम्मेदवार वाग्लेले त्यो भन्दा बढी मत पाएका हुन् ।

वाग्ले चैत १६ गते मात्र कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका हुन्। रास्वपाले उनलाई भावी अर्थमन्त्रीका रुपमा चुनावमा अगाडि सारेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement