सुन तस्करीमा मुछिएपछि गृहमन्त्रीका पीएसओ टंक कार्की हेडक्वार्टर तानिए


काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ टंक कार्की प्रहरी प्रधान कार्यालय तानिएका छन् । सुन तस्करी प्रकरणमा मुछिएपछि प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) कार्कीलाई हेडक्वार्टर तानेर छानबिन थालिएको हो ।

कार्कीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीएसपीको कमाण्डमा समिति बनाएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए । कार्की विरुद्ध प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी परेको थियो ।

उनले सुन तस्करीमा संलग्न व्यक्तिसँग हिरासतबाटै चेक कटाएर चार लाख रुपैयाँ लिएको आरोप छ । सुन तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर गौशाला वृत्तमा राखिएको थियो ।

असार १६ गते पक्राउ परेका अभियुक्त असार २७ गते छुटेका थिए । दुबईबाट ६ जनाले ५० ग्रामका दरले सुन ल्याएको तर ती एक जनाले मात्रै सम्बन्धित व्यक्तिलाई नदिएपछि उनी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement