ट्यांकर चालकले भोलिदेखि कोरोना विरुद्धको खोप लगाउन पाउने

ट्यांकर चालकले भोलिदेखि कोरोना विरुद्धको खोप लगाउन पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटाएको छ ।

नेपाल आयल निगम र ट्यांकर चालक संघबीच भोलिदेखि ट्यांकर चालक तथा सहचालकलाई कोरोना विरुद्धको खोप लगाउन दिने सहमति भएपछि संघले अवरोध हटाएको हो । योसँगै सवारी चालक र सहचालकले भोलिबाट कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन् ।

रोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित भएका ट्यांकर चालकले आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाएका थिए । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ट्यांकर चालक संघले माग गरेको कोरोनाविरुद्धको खोप व्यवस्था गरेर अवरोध हटाएको बताए ।