कला र मनोरञ्जन

तनुश्रीले नाना पाकेटरविरुद्ध लगाएको ‘मिटू’को आरोप झुट !

एजेन्सी – बलिउड अभिनेत्री तनुश्री दत्ताले करिब ७ महिना पहिले नाना पाटेकर र गणेश आचार्यले
उनीमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् । तर अभिनेता नाना पाटेकरविरुद्ध लगाएको यौन शोषण ‘मिटु’को आरोप गलत साबित भएको छ ।

सन् २००८ मा ‘हर्न ओके प्लीज’ को शुटिङमा तनुश्रीमाथि उनीहरुले यौन शोषण गरेको आरोप लगाउँदै उनले ओशिवारा पुलिस स्टेशनमा एफआईआर दर्ता गराएकी थिइन् ।

प्रहरीका अनुसार उनले करिब १२/१५ जना साक्षीको बयान दर्ता गराएकी थिइन् । जसमा सलमान खानकी अभिनेत्री डेजी शाह पनि थिइन् ।

डेजी सो समयमा गणेश आचार्यको असिस्टेन्ट थिइन् । भने अन्य ब्याकग्राउन्ड डान्सर र त्यस समय त्यहाँ उपस्थित कर्मचारी थिए । जसमध्ये कसैले दिएको बयान पनि तनुश्रीसँग मेल खाने थिएनन् ।

डेजी शाहले उक्त घटना याद नभएको भन्दै बयान दिइन् । प्रहरीले बयान दिएकाहरुको रेकर्ड सुन्दा कोहि पनि तनुश्रीको समर्थनमा थिएनन् ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top