नाना पाकेटरविरुद्ध अदालत जाँदै तनुश्री दत्ता


एजेन्सी – अभिनेता नाना पाकेटरलाई प्रहरीले क्लिन चिट दिएपछि अभिनेत्री तनुश्री दत्ता अदालत जाने भएकी छन् ।

आफूमाथि गरेको यौन उत्पीडनको मामिलामा नाना पाटेकरलाई प्रहरीले ‘क्लिन चिट’ दिएपछि आक्रोशित बनेकी अभिनेत्री तनुश्री दत्ताले त्यसविरूद्ध अदालतमा याचिका दायर गर्ने भएकी छन् ।

प्रहरीले सो प्रकरणमा यथेस्ट प्रमाण नपुगेको भन्दै कुनै किसिमको मुद्धा बनाउन अस्वीकार गर्दै त्यसलाई बन्द गर्ने निर्णय गरेको थियो ।

तनुश्रीले मुम्बईको अंधेरीस्थित रेलवे मोबाइल कोर्टमा आफ्ना वकिल नितिन सतपुतेको माध्यमबाट याचिका दायर गर्न लागेकी हुन् ।

सतपुतेले अदालतले आफूहरूलाई प्रहरीको मुद्दा बन्द गर्ने ‘बि समरी रिपोर्ट’को विरूद्ध याचिका गर्ने समय उपलब्ध गराएको बताएका छन् ।

यस मामिलालाई अदालतले ७ सेपटेम्बरसम्मका लागि स्थगित गरेको छ । गत वर्ष सेप्टेम्बरमा तनुश्रीले नानामाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन ।

प्रतिक्रिया दिनुहोस
Advertisement