कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गर्‍यो आजको थोक मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गर्‍यो आजको थोक मूल्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको सूचीअनुसार गोलभेँडा, आलु, प्याजदेखि फलफूल तथा माछासम्मका वस्तुको नयाँ मूल्य कायम गरिएको हो।

समितिका अनुसार ठूलो भारतीय गोलभेँडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ भने सानो लोकल गोलभेँडा ७८ रुपैयाँ र सानो भारतीय गोलभेँडा ७० रुपैयाँ कायम गरिएको छ। रातो आलु लाम्चो प्रतिकिलो २९ रुपैयाँ, रातो आलु गोलो २३ रुपैयाँ तथा भारतीय प्याज ३८ रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, गाजर, बन्दा, काउली, भन्टा, लौका, करेला, घिरौँला, भिन्डी तथा स्कुसलगायत तरकारीको मूल्य पनि अद्यावधिक गरिएको छ। घिउ सिमीको मूल्य प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्म कायम हुँदा भटमासकोसा १५० रुपैयाँ पुगेको छ।

हरियो सागसब्जीतर्फ पालुङ्गो प्रतिकिलो १०० रुपैयाँ, रायोसाग ९० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ निर्धारण गरिएको छ। च्याउको मूल्यमा पनि विविधता देखिएको छ। कन्य च्याउ प्रतिकिलो १८० रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ कायम गरिएको छ।