टर्की र रुसबीच सैन्य कारबाही गर्ने विषयमा भयो ‘ऐतिहासिक सम्झौता’


एजेन्सी – सिरियाका विषयमा रुस र टर्कीबीच ‘ऐतिहासिक सम्झौता’ भएको छ । टर्की र रुसबीच म्याराथन बैठकमा उत्तरी सिरियामा कुर्दविरुद्धको सैन्य कारबाही गर्ने विषयमा भएको सहमतिलाई यी हुबै देशले ‘ऐतिहासिक सम्झौता’ भनेको बीबीसीले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रचेप तैय्यप अर्दोआनबीच रुसको सोचीमा भएको बैठकका क्रममा यो सम्झौता भएको बीबीसीले उल्लेख गरेको छ । टर्की र सिरियाको सीमामा रुस र टर्की दुवै देशका सैनिक रहेका छन् । अमेरिकाले यो इलाकाबाट आफ्ना सैनिक फिर्ता बोलाएको छ । टर्कीले सिरियाका कुर्द विद्रोहीविरुद्ध आक्रमक अभियान चलाइरहेको छ । टर्कीले कुर्दहरुको एक समूहलाई ‘आतंकवादी समूह’ दाबी गर्दै आइरहेको छ ।

अब टर्की र सिरिया मिलेर टर्की र सिरियाको सीमामा संयुक्त गस्ती गर्नेछन् । यसले यो क्षेत्रको बदलिँदो शक्ति सन्तुलनलाई संकेत गरेको छ । अमेरिकाले गएको साता कुर्द लडाकु र टर्कीका सेनाबीच युद्ध विराम गराएको थियो । युद्ध विरामको समय सीमा पूरा केही अगाडि रुस र टर्कीबीच नयाँ सम्झौता भएको हो ।

उत्तरी सिरियाको कुर्द बलमा कुर्दिश पीपुल्स प्रोटेक्शन युनिट्स (वाईपीजी) लडाकुको बाहुल्यता छ । यसलाई टर्कीले आफ्नो सीमामा खतराका रुपमा हेर्दै आएको छ । अब सम्झौता अनुसार यस क्षेत्रको सैन्य नियन्त्रण रुस र टर्कीबीच बाँडिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement