बालेनविरुद्ध तरुणदलको नाराः र्‍याप र जोकतन्त्र होइन, लोकतन्त्र !

बालेनविरुद्ध तरुणदलको नाराः र्‍याप र जोकतन्त्र होइन, लोकतन्त्र !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काँग्रेसनिकट नेपाल तरुण दलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध राजधानीमा प्रदर्शन गरेको छ ।
तरुण दलले ‘नेपालले पनि भारतको जग्गा कब्जा गरेको’ भन्ने बालेनको अभिव्यक्तिविरुद्ध मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

आइतबार प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको भूमि कब्जा गरेको’, अभिव्यक्ति दिएका थिए ।

प्रदर्शनकारीले र्‍याप र जोकतन्त्र होइन, लोकतन्त्रः एल्गोरिदमले धान्दैन शासनतन्त्र, नेपालको भुइँ प्यारो छ, हलुका टिप्पणी अक्षम्य छ, सस्तो गफ बन्द गर, राष्ट्रियताको रक्षा गर, देशको सीमा र स्वाभिमान, हाम्रो प्राण, कुटनीति र डोजर नीतिमा फरक छ जस्ता नारा लगाएका थिए ।