२४ घण्टामा ८९ तालिबान लडाकू मारिए


एजेन्सी – अफगानिस्तानको तहार प्रान्तमा तालिबान लडाकूविरुद्ध गत २४ घण्टाभित्र भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ८९ तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

‘तालिवानको बिरूद्ध अफगानिस्तानमा चलिरहेको सुरक्षा कारबाहीमा धेरै इलाकाहरुबाट तालिबान पछि हट्न बाध्य भएका छन् । विगत २४ घण्टामा तहार प्रान्त मात्र ८९ तालिबानी मारिए र ६७ जना घाइते भएका मन्त्रालयका प्रवक्ता रोहउल्लाह अहमदजाई एक पत्रकार सम्मेलनमा बताएका छन् ।

अफगानिस्तान लामो समयदेखि अस्थिर सुरक्षा अवस्थाबाट पीडित रहेको छ । तालिबान लडाकू समूह अफगान सरकारसँग युद्धरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement