पेलोसीको ताइवान सम्भावित भ्रमणबारे बेइजिङ सशंकित


एजेन्सी – ताइवानका प्रधानमन्त्रीले जुनसुकै विदेशी अतिथिलाई ‘न्यानो स्वागत’ गर्ने बताएका छन् । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुखको सम्भावित ताइवान भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री सु त्सेङ–चाङले उक्त धारणा राखेका हुन् ।

सभामुख पेलोसी अहिले एसिया भ्रमणमा छन् । भ्रमणका क्रममा उनी ताइवान जाने अनुमान गरिएको छ । उनको सम्भावित ताइवान भ्रमणबारे अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको छैन् ।

तर उनको सम्भावित भ्रमणलाई लिएर बेइजिङ सशंकित बनेको छ । पेलोसीको एसिया भ्रमणको पूर्वसन्ध्यामा ताइवान नजान चीनले चेतावनी दिएको छ । आगोसँग नखेल्न पनि उसले वासिंगटनलाई चेतावनी दिएको छ ।

तर सम्भावित भ्रमणलाई लिएर चीन र अमेरिकाबीच वाकयुद्ध भइरहेको हो । ताइवानी सञ्चारमाध्यमले भने मंगलबार राति पेलोसी ताइपेईमा अवतरण गर्न सक्ने जनाएका छन् । यदि पेलोसी आए २५ वर्षयता ताइवान भ्रमण गर्ने अमेरिकी उच्च अधिकारी हुनेछिन् ।

ताइवानका द युनाइटेड डेली न्युज, लिबर्टी टाइम्सले स्रोतको हवाला दिँदै मलेसिया भ्रमणपछि मंगलबार राति पेलोसी ताइपेई आउन सक्ने जनाएका छन् । चीनले ताइवानलाई आफ्नो भूभाग मान्छ । उसले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement